हाम्राे बारेमा

परिचय :

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न स्पष्ट मार्ग चित्रका साथ कृषि उपजको उत्पादनको लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, वाली/वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको ब्यवस्था जस्ता कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना परियोजनाले गरेको छ । यो परियोजना स्वदेशीसोच, स्वेदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति (ADS) कार्यान्वयनको सहयोगी परियोजना हो । यो परियोजना नेपाल सरकारले आ.व. २०७३/०७४ देखि सुरुवात गरी १० बर्षको लागि विशेष विशेष वालीहरुमा सुपरजोन, जोन, ब्लक र पकेट संभागहरु मार्फत देशैभरी संचालनमा रहेको छ ।


बर्दिया जिल्लामा प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना

बर्दिया जिल्लाको राजापुर नगरपालिकामा आ.व. २०७३/०७४ देखि धान वालीमा यो परियोजना संचालित छ । धान सुपरजोन विकास कार्यक्रममा हालसम्म १९ वटा कृषक समूहहरु सूचिकृत भर्इ तिनीहरु मार्फत २५४७  घरधुरी समाबेस भएका छन् ।


सोच 

आधुनिक प्रविधि तथा यान्त्रीकरणको प्रयोग गरी धान वालीको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बृद्धि गर्दै कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने ।


लक्ष्य

धान वालीमा आधारित मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दीगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने ।


उद्देश्यहरु

  • धान वालीको विशिष्टकृत क्षेत्रहरु निर्माण गरी अन्य जिल्लालार्इ आवश्यक पर्ने खाधान्न पूर्ति गर्ने ।
  • धानको मूल्य श्रृखलाहरुमा गुणात्मक सुधार गरी प्रतिस्प्रर्धात्मक क्षमता अभिवृद्धि गर्ने ।
  • धान खेती र यस संवन्धी उद्धोगधन्दाहरुलार्इ सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने ।
  • बहुसरोकारवाला निकायहरु बीचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने ।

रणनीतिहरु

  • भूमिको बैज्ञानिक उपयोग गरी धान खेती गराउने
  • आधुनिक तथा उपयुक्त धान खेती प्रविधिहरुको अवलम्वन
  • धान खेती र उत्पादन उपरान्त कृयाकलापहरुमा यान्त्रिकीकरण
  • धान संवन्धी उपजहरुको प्रशोधन तथा बजारीकरण पूर्वाधारहरुको विकास
  • धान वालीमा अनुसन्धान – शिक्षा – प्रसार प्रणालीको सुदृढ समन्वय एवं आधुनिकीकरण
  • प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्वन
  • गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता अभिबृद्धि
  • वातावरण परिवर्तन अनुकुलित धान खेती प्रणाली अबलम्वन

परियोजना संचालनको अवधारणा

  • धान खेती योग्य जमिनको चक्लाबन्दी
  • बिशिष्ठीकृत ब्यवसायीकरण
  • आधुनिक प्रविधिको साथै गुणस्तरीय पूवाधारको विकास
  • अन्तरराष्ट्रिय रुपमा बजारमा प्रतिस्पर्धी धानको उत्पादन र ‌औद्योगिकीकरण
  • उपलब्धीमा आधारित सहजीकरण (Smart output based facilitation)